Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु


  • 253
    Shares

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु
    images

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । 

    दोस्रो दिनको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रमलाई निरन्तरता दिँदै छन् ।

    पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । बैठकको दोस्रो दिन करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही क्रममा सबै केन्द्रीय सदस्यहरूले समय लिने हो बैठक लम्बिने सङ्केत देखिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टो ९ज्ञ बाट० पालो मिलाइएको छ ।

    हिजोको बैठकमा अध्यक्ष ओलीले मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि पदाधिकारीहरूलाई धारणा राख्न दिने बताइएको छ । शुक्रवार अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १०:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij