२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । ललितपुर महानगरपालिकाले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शहीद विनोदकी आमा लतमाया महर्जनलाई ५ लाख आर्थिक सहायता उपलब्ध गराएको हो । त्यस अवसरमा उनले ललितपुर महानगरपालिका वडा नम्बर ७ निवासी शहीद विनोद महर्जन एक मूर्धन्य व्यक्ति भएकाले उनको निधनबाट देशले नै एउटा आँटिलो छोरा गुमाएको प्रतिक्रिया दिएका छन् । उनले परिवारजनलाई सम्हालिएर अघि बढन पनि आग्रह गरेका छन् ।
मेयर महर्जनले भने,‘ मुलुकले नै एउटा मुर्धन्य व्यक्ति, आँटिलो व्यक्ति गुमायो । मुलुकनै शोकको अवस्थामा छ । तपाई आम र परिवारको अपुरणीय क्षति भएकाले भावविह्वल हुनुत स्वभाविक कुरा नै हो । म परिवारलाई अनुरोध गर्न चाहन्छु– जाने व्यक्ति गईसक्यो । किमार्थ फर्केर आउँदैन । तसर्थ उहाँको सम्झनामा आफ्नो स्वास्थ्यनै बिग्रिने गरेर र घरले इकोनोमिनै धान्न नसक्ने गरेर तपाईहरु पीर नगर्नुस् । सम्हालिएर तपाईहरु अगाडि बढनुस । स्वास्थ्यको ख्याल गर्नुस् ।’
ललितपुरमा महानगरपालिका वडा नम्बर ७ का विनोद महर्जन कला क्षेत्रमा आवद्ध रहेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij