२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाले सिंहदरबार जल्नबाट किन जोगाएन भनी प्रश्न गरेका छन्।
शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले नेताहरूलाई जोगाउने सेनाले सिंहदरबार लगायत राज्यका महत्त्वपूर्ण निकाय किन नजोगाएको भन्दै प्रश्न गरेका हुन्।
‘सेनाले हामीलाई त जोगायो। त्यसका लागि नेपाली सेनालाई धन्यवाद छ’ उनले भने, ‘तर हामीलाई जोगाउने सेनाले सिंहदरबार, सर्वोचच अदालत, संसद भवन, शीतल निवास जस्ता राज्यका महत्त्वपूर्ण निकाय किन जोगाएन भन्ने हामीलाई लागेकै छ।’
उनले अहिलेको अवस्था आउनुमा भू–राजनीतिक कारण रहेको दाबी पनि गरे।
‘यो अवस्थामा आउनुमा भू–राजनीतिक कारण हो। हामी भू–राजनीतिक अवस्थाकै कारण फस्यौँ’ उनले भने।
चुनावपछि पनि सबैको सहमतिमा जेनजीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij