Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते


  • 428
    Shares

    धादिङमा बस र टिपर ठोक्किदा  ११ जना घाइते
    images

    धादिङमा बस र टिपर ठोक्किदा  ११ जना घाइते

    काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

    बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

    दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

    डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए ।

    दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १०:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij