Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महाधिवेशन मंसिरभित्र गर्न चितवनका कांग्रेस प्रतिनिधिहरूको माग

महाधिवेशन मंसिरभित्र गर्न चितवनका कांग्रेस प्रतिनिधिहरूको माग


  • 1.4K
    Shares

    • images
    महाधिवेशन मंसिरभित्र गर्न चितवनका कांग्रेस  प्रतिनिधिहरूको माग

    काठमाडौं । चितवनमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको भेलाले आगामी मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिने दिने निर्णय गरेको छ। 

    भेलाले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने अवस्था भए सोही मितिमै विशेष महाधिवेशन गर्न दबाब दिने निर्णय सर्वसम्मत रूपमै गरेको निवर्तनमान जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।

    उनकाअनुसार भेलामा ९० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए। 

    केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेलगायत ६० जना महाधिवेश प्रतिनिधिहरु बैठकमा सहभागी थिए। संस्थापन पक्षमा रहेका प्रतिनिधिसमेत सहभागी रहेको भेलाले विशेष महाधिवेशन गर्न पार्टीलाई दबाब दिएको हो। 


    ‘केही प्रतिनिधि विदेश भएकाले उपस्थित हुन सक्नुभएन, केही स्वास्थ्यलगायतका प्राविधिक समस्याले उपस्थित हुन सक्नुभएन। तर समग्ररूपमा चितवनले मंसिरभित्रमा महाधिवेशन गर्न दबाब दिने सर्वसम्मत निर्णय गरेको छ

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १४:२४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij