Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिँदै

विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिँदै


  • 1.2K
    Shares

    • images
    विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिँदै

    प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिने भएको छ। 

    इजरायलको अखबार द जेरुसेल पोस्टले हमासले बन्दक बनाएकाहरुको परिवारको फोरमले विपिनको भिडिओ आज साँझ सार्वजनिक गर्ने घोषणा गरेको उल्लेख गरेको छ। 

    सार्वजनिक गर्न लागेको भिडिओले विपिन जीवितै रहेको विश्वास दिलाउने जोशी परिवारले बताएको समेत पोस्टले उल्लेख गरेको छ। 

    ‘गाजाबाट प्राप्त प्रमाणलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौँ,’ पोस्टमा जोशी परिवारको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।’

    उक्त भिडिओ इजरायलको गुप्तचर निकायले भेट्टाएको समेत पोस्टले बताएको छ। विपिन आक्रमण हुनुभन्दा तीन साताअघि मात्र कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए।

    हमासले सन् २०२३ को ७ अक्टोबरमा आक्रमण गरेर हजारजना भन्दा बढीको हत्या गरेको थियो।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १८:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij