Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित


  • 596
    Shares

    मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित
    images

    काठमाडौं ।  गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ  सोमबार इलाम जाने बताइए पनि स्थगित भएको छ ।

    मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।

    उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ रहेको छ ।

    असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - ११:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij