२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । काठमाडौं र ललितपुरमा सोमबारका लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ।
जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।
लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न गत असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij