Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बीपी राजमार्गमा ठूलो क्षति, १२ ठाउँमा पहिरो, नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुल्यो

बीपी राजमार्गमा ठूलो क्षति, १२ ठाउँमा पहिरो, नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुल्यो


  • 1.1K
    Shares

    बीपी राजमार्गमा ठूलो क्षति, १२ ठाउँमा पहिरो, नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुल्यो
    images

    काठमाडौं । अविरल वर्षाको कारण आएको बाढी-पहिरोले बीपी राजमार्गमा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली र काभ्रेपलाञ्चोकका अनुसार राजमागर्मा कम्तीमा १२ ठाउँमा पहिरो गएको छ ।

    भकुण्डेबेसीदेखि सिन्धुलीको सीमानासम्म ९ ठाउँमा अवरोध रहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता डीएसपी रविन विष्टले बताएका छन्  भने यी स्थानमा तत्काल सडक सञ्चालनको सम्भावना कम रहेको प्रहरीले जनाएको छ । नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा बाढीले सडक बगाएको छ। 

    एक ठाउँमा तीन सय मिटर, अर्को ठाउँमा १ सय र अर्को ठाउँमा ५० मिटर सडक बाढीले बगाएको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन्। रोशी खोलाले नेपालथोकमा पनि २५० मिटर सडक बगाएको छ।

    पहिरो हटाउन थालिएको छ। प्रहरीले नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुलाएको छ।

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १२:२१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij