Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दसैँको टीका: उत्तम साइत ११:५३ बजे, टीका लगाउँदा को कता फर्कने?

आज दसैँको टीका: उत्तम साइत ११:५३ बजे, टीका लगाउँदा को कता फर्कने?


  • 2.1K
    Shares

    आज दसैँको टीका: उत्तम साइत ११:५३ बजे, टीका लगाउँदा को कता फर्कने?
    images

    बडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ। 

    आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।

    आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ।

    त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन्। बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

    समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ। आजदेखि कोजाग्रत पूर्णिमासम्मै दसैँको टीका मान्यजनबाट ग्रहण गर्न सकिनेछ। 

    असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिएको हो। 

    त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। 

    प्रकाशित मिति :आश्विन १६ २०८२ बिहिवार - ०९:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij