Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

३४० केजी लागूऔषध र गाँजासहित कार नियन्त्रणमा, चालक भने फरार

३४० केजी लागूऔषध र गाँजासहित कार नियन्त्रणमा, चालक भने फरार


  • 1.1K
    Shares

    ३४० केजी लागूऔषध र गाँजासहित कार नियन्त्रणमा, चालक भने फरार
    images

    काठमाडौं । सुनसरीको बराहक्षेत्र विशाल चोकबाट गाँजासहित एक कार प्रहरीले नियन्त्रणमा लिएको छ। 

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बिहीबार राति भारतीय नम्बर प्लेटको कारबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको हो।

    प्रहरीले शुक्रबार बिहान धरानबाट कालाबञ्जार तर्फ आउँदै गरेको नम्बर नखुलेको २२० सिसिको मोटरसाइकल र बिआर ११ बिआर ७१०२ नम्बरको कारलाई रोक्न खोज्दा चालक फरार  भएका थिए। 

    प्रहरी टोलीले पछ्याउँदै कारलाई नियन्त्रणमा लिँदा कारभित्र लुकाइ राखिएको अवस्थामा ३४० केजी लागूऔषध गाँजा ११ वटा प्लास्टिकका पोका भेटिएको छ।

    प्रहरी निरीक्षक कुँवरले अनुसार लागूऔषधसहितको कार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ र थप अनुसन्धान भइरहेको बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १८:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij