Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी


  • 260
    Shares

    दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी
    images

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ । उनको भनाइमा असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ । त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले जानकारी दिए ।

    गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरिएको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको हो ।

    निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १३:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij