Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन


  • 918
    Shares

    तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।

    मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस÷रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१-४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

    यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१-४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१-४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीनवटै मन्त्रालयमा गुनासो gunaso.minister@gmail.com पठाउन सकिनेछ । रासस

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १५:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij