२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । मुग्लिन नारायणघाट सडकमा बर्सेनि पहिरो खस्ने क्रम नरोकिएपछि यसको विकल्पमा तनहुँ र नवलपरासीको क्षेत्र हुँदै जाने विकल्पबारे छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यो सडकको विकल्प खोज्नेबारे छलफल भएको बताएका हुन् ।
बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्री घिसिङले उक्त क्षेत्रमा सडकको ट्रयाक खनिइसकेको भए पनि पुलहरू समयमा बन्न नसक्दा अहिले विकल्पको रूपमा प्रयोग गर्न नसकिएको बताए । ती पुललाई छिट्टै नै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
‘फास्ट ट्रयाक बनेपछि ठुलो विकल्प खुल्छ, तर नारायणघाट मुग्लिनको सडकको सन्दर्भमा यसलाई दुई लेनमा विस्तार गर्नुभन्दा पारिपट्टिको विकल्प हुन सक्थ्यो कि भनेर छलफल भएको छ’ उनले भने ।
अहिले उक्त सडक खण्ड तिवन जिल्लामा पर्छ जुन भरतपुर हुँदै नारायणघाट जोडिन्छ । पारिपट्टि तनहुँ जिल्ला पर्छ । पश्चिमबाट आएको कालीगण्डकी–सेती नदी तरेपछि नवलपरासी पश्चिम सुरु हुन्छ । जुन देवघाट हुँदै गैँडाकोट जोडिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij