Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनु हुँदैनः बाबुराम भट्टराई

भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनु हुँदैनः बाबुराम भट्टराई


  • 1.4K
    Shares

    भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनु हुँदैनः  बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन्।

    बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब नयाँ र वैकल्पिक शक्तिहरूले  देशको नेतृत्व लिनुपर्ने उनको धारणा रहेको छ । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताएका छन्। 

    उनले अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिएका छन् । उनले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भस्र त्रुटी भएको समेत बताएका छन् ।

    उनले सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाएका छन् । 

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १३:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij