२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । चन्द्रागिरि नगरपालिका-१ दहचोकमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा रहेका छन् । सरोजले ६८ वर्षीया पवित्रा केसीलाई दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ ।
हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij