Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं

दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं


  • 1.5K
    Shares

    दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं

    काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौंको गोङ्गबु बस पार्कमा बिहानै देखि छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिएका छन् ।

    यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ। 

    हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

    dashain-bus-(14)_QSVEwMKKLh.jpg

    dashain-bus-(9)_8yW7d5PSX4.jpg

    dashain-bus-(5)_M7V6DvTtaa.jpg

     

    images
    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १०:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij