Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

माओवादी स्थायी समितिको बैठक सुरु

माओवादी स्थायी समितिको बैठक सुरु


  • 645
    Shares

    माओवादी स्थायी समितिको बैठक सुरु
    images

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ । 

    असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकले महाधिवेशनको तिथि मिति, कार्यविधि, मोडालिटी लगायत विषयमा छलफल गरी प्रस्ताव तयार पार्ने बताए ।

    माओवादीले भोलि बस्ने केन्द्रीय समितिको स्थान पनि तय गरेको छैन । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो । 

    कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सार्वजनिकरनिजी सम्पत्तिका साथै व्यापारी प्रतिष्ठान ध्वस्त भएको थियो । विध्वंसकारी गतिविधिपछि परम्परागत पार्टीभित्र नेतृत्व छाड्न दबाब परेको छ ।    

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १३:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij