२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकबाट मासिक तलबसुविधा ३ लाख दिने गरी ऊर्जा आयोगको सदस्यमा लगिएको छ ।
सरकारले विद्युत प्राधिकरणबाट उनलाई हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदामा सरुवा गरेको हो । ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवालाई नियुक्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका निर्वतमान प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा रहँदा पाउने मासिक पारिश्रमिक २ लाख ९४ हजार ९२० रुपैयाँ हुने उल्लेख छ । उनको मासिक तलब ७३ हजार ७३० र व्यवसायिक भत्ता २ लाख २१ हजार १९० रुपैयाँ रहेको उल्लेख छ ।
सरकारबाट प्रबन्ध निर्देशक हुँदा अहिले खाइपाइ आएको सुविधा नघट्ने गरे आयोगको सचिव सरहको विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय भएको हो । सरकारको निर्णय सकारात्मक सोचले आएको हो भने सहयोग गर्ने बताएका शाक्यले उक्त पदमा बसेर काम गर्ने वा नगर्ने विषयमा भने खुलेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij