Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मौसमविद् भन्छन्– यो वर्ष नेपालभरि हिले दसैँ हुने सम्भावना

मौसमविद् भन्छन्– यो वर्ष नेपालभरि हिले दसैँ हुने सम्भावना


  • 673
    Shares

    मौसमविद् भन्छन्– यो वर्ष नेपालभरि हिले दसैँ हुने सम्भावना
    images

    काठमाडौं । यो वर्षको दसैँ अवधिमा मौसमविद्ले हिले दसैँ हुने सम्भावना पूर्वानुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो साता पानी पार्ने प्रणाली मनसुन फेरि हुन सक्ने जनाएका छन् । मनसुन सक्रिय र हिले दसैँको सम्भावना उनले औँल्याएका हुन् ।

    “अर्को हप्ता दसैँको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ,” उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “जसका कारण नेपालभरि हिले दसैँ हुने सम्भावना धेरै रहेको छ ।”

    घटस्थापना (असोज ६)देखि एक सातासम्म मनसुन त्यति सक्रिय नदेखिने उनले उल्लेख गरेका छन् । “तर, साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,” उनले लेखेका छन् ।

    पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि मनसुन पुनः सक्रिय हुने सम्भावना कायम रहेको जनाएका छन् । देशमा मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले पनि केही दिनपछि मनसुनी प्रणाली पुनः सक्रिय हुने पूर्वानुमान रहेको बताएकी छन् । त्यो समय दसैँ सुरु भइसकेको हुनेछ ।

    “केही दिनपछि पुनः मनसुन सक्रिय हुनेछ,” मौसमविद् महर्जनले भनेकी छन्, “त्यो प्रणाली केही दिन सक्रिय रहँदा वर्षा हुनेछ ।” वर्षा भए पनि लगातार झरी नपर्ने उनले प्रस्ट पारेकी छन् । दसैँको टीकासम्म मनसुन नेपालबाट नबाहिरिए पनि ठूलो वर्षा र झरीको सम्भावना नरहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - ०७:५६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij