२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा रोकिराखेको ट्रकमा बस ठोकिदिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको छ ।
दुर्घटनामा परेर एक पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij