२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या भएको छ ।
दुई दिन अघि मार्से सामुदायिक वन उपभोक्ता समितिको जंगलमा परियार मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
कार्यलयबाट घर फर्कने क्रममा ५–६ जनाको समूहले उनको बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दिपकले घटनका भएको स्वीकार गरेका छन् ।
सहकारी संस्थाका अध्यक्ष सागर तामाङले परियार सोमबारसाँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन् ।
रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेयर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij