Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे


  • 785
    Shares

    जेनजी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे
    images

    काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन्।

    महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् । 

    बिहीवार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताएका छन्। राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पारेका छन्। 

    नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताएका छन् । 

    महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गरेका छन्  भने महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताएका हुन् । 

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ११:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij