Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


  • 1.0K
    Shares

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
    images

    काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

    जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

     पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

    काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २-२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना, ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना, किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १२:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij