Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा, कति भए सहभागी ?

जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा, कति भए सहभागी ?


  • 967
    Shares

    जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा, कति भए सहभागी ?
    images

    काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् ।

    डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् ।

    यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिहरेका छन् ।संसद विघटनपछि अबको कति अवधिमा निर्वाचन हुने विषय पनि छलफलमा छ ।

    भर्चुअल छलफलमा खास गरी संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १३:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij