Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे

जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे


  • 2.7K
    Shares

    • images
    जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे

    काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ ।

    आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा 'नो रबि' ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । 'हामी रवि लामिछानेका लागि लडेका थिएनौँ', सबु रेग्मीले टिकटक भिडियोमा भनेकी छन्, 'पहिलो कुरा, कुनै पनि जेनजी रवि लामिछानेको पक्षमा छैन, उनीसँगै १५/१६ सय अपराधी जेलबाट निस्केका छन् ।'

    उनीहरूका कारण अरु असुरक्षित भएको रेग्मीको भनाइ छ ।  उनले सबै अपराधी भागेको जिम्मेवारी रास्वपाले लिन्छ ? भनेर प्रश्नसमेत गरेकी छन् । अर्की टिकटक प्रयोगकर्ता मलि शा भन्छिन्, 'जेनजीले दाग लागेका र अपराधी छुटाउन आन्दोलन गरेका होइनन्, हामी लामिछानेको रिहाइ स्वीकार्दैनौँ ।' 

    जेनजी नामको टिकटक ह्याण्डलमा रवि लामिछानेलाई उनकै कार्यकर्ताले मौकाको फाइदा हेरेर छुटाएको लेखिएको छ । यो ह्याण्डलमा पनि लामिछानेको रिहालाई अस्वीकार गरिएको छ । 

    रेथिएस्ट नामका जेनजी युवाले पनि लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 'रवि लामिछानेलाई जेलबाट निकाल्ने हाम्रो एजेन्डा छँदै थिएनु, उनले भनेका छन्, यो हाम्रो आन्दोलनको दुरुपयोग हो । जेलमा गएर लामिछाने र अरु कैदीलाई निकाल्ने काम रास्वपाका झोलेहरूले गरेका हुन् ।'

    टिकटकमै शसांक शेखरले पनि रवि लामिछानेलाई जेनजीले नछुटाएको बताएका छन् । 'रवि एक अभियुक्त हुन्, उनी जेलबाट फरार भएका हुन्, उनलाई पुनः जेलमा हालिनुपर्छ जेनजीको यो माग हो', निकनेम (मिस्टर पोइट) ले भिडियोमा भनेका छन् । 

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ०८:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij