Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

जेनजी प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा लागेर इन्स्पेक्टर घाइते

जेनजी प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा लागेर इन्स्पेक्टर घाइते


  • 456
    Shares

    जेनजी प्रदर्शनकारीले  ढुंगा प्रहार  गर्दा लागेर इन्स्पेक्टर घाइते
    images

    काठमाडौं । विराटनगरमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरीका इन्स्पेक्टर (प्रहरी निरीक्षक) घाइते भएका छन्। 

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर अप्रिल चापागाईं घाइते भएका हुन्। प्रदर्शनकारीले हानेको ढुंगाले उनको अनुहारमा लागेको थियो। अनुहारमा चोट लागेर सामान्य घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको छ। 

    विराटनगरको रोडशेष चोक भएर प्रदर्शनकारी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोजेका थिए। प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अघि बढ्न थालेपछि प्रहरीले ब्यारिगेट लगाएर रोकेको थियो। प्रहरीले अघि बढ्न नदिएपछि आक्रोसित बनेका प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर इन्स्पेक्टर घाइते भएका हुन्। त्यसलगत्तै प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको छ।
     
    निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्ने योजना असफल भएपछि अहिले प्रदर्शनकारीहरु महेन्द्र चोक केन्द्रित भएका छन्। उनीहरुले महेन्द्र चोकमा पनि प्रदर्शन गरिरहेका छन्। जेनजी पुस्ताले विराटनगरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

     

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १६:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij