२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले बताएको छ भने करिब ७० जना घाइते भएका छन् ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij