Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ललितपुर महानगरले लगनखेलका अतिक्रमित संरचनामा लगायो डोजर

ललितपुर महानगरले लगनखेलका अतिक्रमित संरचनामा लगायो डोजर


  • 1.1K
    Shares

    • images
    ललितपुर महानगरले  लगनखेलका अतिक्रमित संरचनामा लगायो डोजर

    काठमाडौं । । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ । ३ वटा डोजर र दर्जनौँको सङ्ख्यामा नगर प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो । 

    नगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समय सीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो । 

    “विगत देखि नै अनधिकृत रूपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अवस्था बढ्दै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदननगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन समेत गरिएको । 

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij