Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

मकवानपुरमा आगलागीबाट २ करोडको भन्दा बढिको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते

मकवानपुरमा आगलागीबाट २ करोडको भन्दा बढिको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते


  • 400
    Shares

    मकवानपुरमा आगलागीबाट २ करोडको  भन्दा बढिको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
    images

    काठमाडौं । मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड  भन्दा बढिको क्षति भएको छ । मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो । 

    आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    घर धनीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ । यसैगरी नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीको टोली, हेटौंडा  पमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    बिहान करिब ७:४५ बजे  लागेको आगो बिहान ९:४० मात्रै नियन्त्रणमा आएको हो ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १३:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij