Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख


  • 680
    Shares

    संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख
    images

    काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ ।

    सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।

    ‘संसद्‍ सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसक्नुभएको छ’ सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

    संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ । संसद् बैठकमा सांसदहरूले बोलेका भिडियो समेत युट्युबमा अपलोड हुने गरेको छ ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १३:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij