Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

एमालेको विधान महाधिवेशन आज देखि गोदावरीमा

एमालेको विधान महाधिवेशन आज देखि गोदावरीमा


  • 365
    Shares

    एमालेको विधान महाधिवेशन आज देखि  गोदावरीमा
    images

    काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्ने छन् ।

    महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी रआयोजकका हैसियतमा  ३ सय १५ जना  २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांस प्रतिनिधीहरु काठमाडौं आइपुगिसकेको गौतमले बताए ।

    महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ ।

    गौतमका अनुसार उद्ध्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।

    प्रतिनिधी परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । प्रतिनिधीहरु चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा ९एमाले० र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ ।

    पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक  पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्विर छन् । यसैगरी कार्लमाक्र्स,फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्विरहरु राखिएका छन् ।

    करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि  ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ । साँझ पाँच बजे आजका कार्यसुची सकिने गौतमले बताए ।

    मञ्च व्यवस्थापन समिती संयोजक एवं पार्टी पोलिटव्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जात,जाती र समुदायका झाँकीहरु प्रष्तुत गरिनेछ । उक्त दृष्य हल भित्रका प्रतिनिधीहरुले डिजिटल बोर्ड मार्फत हेर्नेछन् ।

     भोली प्रतिवेदनहरु माथी नौ वटा समुहमा छलफल हुने र पर्सी समुहले पेश गरेका प्रतिवेदन प्रष्तुती सहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ ।

     एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - ११:०६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij