Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२६ वटा सामाजिक सञ्जाल बन्द, (सूचीसहित)

२६ वटा सामाजिक सञ्जाल बन्द, (सूचीसहित)


  • 925
    Shares

    • images
    २६ वटा सामाजिक सञ्जाल बन्द, (सूचीसहित)

    काठमाडौं । सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

    सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार भर्खरै यो निर्णय भएको छ । "अहिले भर्खरै निर्णय भएको हो,” ती अधिकारीले भने, “केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ ।” नेपालमा फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् । 

    सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्

    –टिकटक

    –भाइबर

    –निम्बज

    –वीटक

    –ओपोलाइभ

    सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्

    –फेसबुक

    –म्यासेन्जर

    –इन्स्टाग्राम

    –युट्युब

    –ह्वाट्सएप

    –ट्वीटर

    –लिंक इड

    –स्न्याप चयाट

    –रेडिट

    –डिस्कर्ड

    –पिन्ट्रेस्ट

    –सिग्नल

    –थ्रेड

    –वी च्याट

    –कोरा

    –सम्ब्लर

    –क्लब हाउस

    –मास्टर डन

    –रम्बल

    –मि वी

    –मि भिके

    –लाइन

    –इमो

    –जालो

    –सोल

    –हाम्रो पात्रो

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १६:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij