Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

प्रतिनिधिसभा भदौ २५ गतेसम्म स्थगित

प्रतिनिधिसभा भदौ २५ गतेसम्म स्थगित


  • 330
    Shares

    प्रतिनिधिसभा भदौ २५ गतेसम्म स्थगित
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक) माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव बिहीबारको प्रतिनिधिसभामा पेस भएन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी राखेको कार्यसूची अन्तिम समयमा सभामुख देवराज घिमिरेले अन्तिममा हटाएका हुन् । सङ्घीय संसद्का दुवै सदनले पास गरी सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको विधेयक गत साउन ८ गते पुनर्विचारका लागि भनेर फिर्ता राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो । 

    विधेयक फिर्ता पठाउने बेलामा सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । 

    संविधानको संविधानको धारा ११३ को उपधारा ३ मा प्रमाणीकरणका लागि पेस भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पत्ति भएकै सभामा पठाउन सक्ने व्यवस्था छ । 

    त्यही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् । यसैबिच प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्म स्थगित भएको छ । सभामुख घिमिरेले बैठक भदौ २५ गते दिनको एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १५:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij