२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। बिहीबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल हुनेछ।
माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग-जनजागरण अभियान पुनस् सञ्चालन गर्ने तयारी गरेको छ। भदौ २२ गते लमजुङबाट सुरू हुने यो अभियान २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा पुग्नेछ।
साथै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र उपमहासचिव जनार्दन शर्माबीच आरोप(प्रत्यारोप चलिरहेको छ। अध्यक्ष प्रचण्डले हालै विराटनगरबाट जनार्दन शर्माले नपत्याएर पार्टी नरोकिने अभिव्यक्ति दिएका थिए। यी विभिन्न विषयमा माओवादी पदाधिकारी बैठकमा कुरा हुने एक पदाधिकारीले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij