२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी बेपत्ता दुई युवकको शव भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ ठाडेका २४ वर्षीय सुदीप घले र २३ बर्षिय दावा ढेण्डुप तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
सोलेस्थित खोलाबाट दुवै जनाको शव निकालिएको छ। सीसीटीभी फुटेजमा भदौ १५ गते राति १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।
सीसीटीभी फुटेजकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाले खोजी कार्य गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij