२०८२ भाद्र १७ गते मंगलवार
पोखरा । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भिमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।
२१ जना घाइते भएको भिमसेनथापा ३ तान्द्राङ्गका वडा अध्यक्ष ऋषि लामिछानेले जानकारी गराए । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij