Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद

सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद


  • 708
    Shares

    सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद
    images

    काठमाडौं । लहान नगरपालिका-१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमाण्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

    पछ्याउँदै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । चालक भने फरार छन् । गाडी जाँच गर्दा सात लाख चार हजार ८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।

    स्कारपियोको मूल्य करिब १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएको छ ।  ।

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - १२:२२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij