Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल हुँदै बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक

नेपाल हुँदै बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक


  • 498
    Shares

    नेपाल हुँदै बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक
    images

    काठमाडौं । बिहार प्रहरीले पाकिस्तानका ३ जना आतङ्ककारी नेपाल हुँदै बिहार प्रवेश गरेको सूचनापछि उच्च सतर्कता जारी गरेको छ। प्रतिबन्धित आतङ्कवादी संगठन जैश-ए-मोहम्मदसँग सम्बन्धित ती ३ जनाको स्केच पनि प्रहरीले सार्वजनिक गरेको हो।

    परिचय खुलाइसकेका ती आतङ्ककारीहरूमा हसनैन अली,आदिल हुसैन र मोहम्मद उस्मान  रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरू साउन दोस्रो हप्तामा काठमाडौं आइपुगेका थिए र गत हप्ता बिहार प्रवेश गरेका हुन्। सीमावर्ती जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीहरूको पासपोर्ट विवरणसमेत स्थानीय प्रशासनलाई पठाइएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

    यस वर्ष नै हुन लागेको बिहार विधानसभा चुनावलाई लक्षित गरेर आतङ्ककारी गतिविधि बढ्ने आशङ्का प्रहरीले गरेको छ भने यसै कारण सीमा क्षेत्रमा चेकिङ बढाइएको र प्रहरीलाई सतर्क रहन निर्देशन दिइएको हो। 

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १५:५५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij