Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

घनश्याम भुसाल भन्छन्– मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दाजस्तै पीडा भयो

घनश्याम भुसाल भन्छन्– मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दाजस्तै पीडा भयो


  • 1.4K
    Shares

    घनश्याम भुसाल भन्छन्–  मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दाजस्तै पीडा भयो
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै भएको बताएका छन् । 

    वर्तमान राजनीतिक सङ्कट र निकासबारे सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा गरेको बहस कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् । ‘अहिलेको अवस्था भनेको सर्पले काँचुली फेर्दै गरेको अवस्था जस्तै हो’, उनले भने, ‘आजको छटपटी नयाँ इतिहासको पीडा हो ।’

    उनले समाजमा रहेको उकुसमुकुस यति तीव्र रूपमा बढिरहेको पनि बताए । ‘यो यति बढेको छ कि यसले विभिन्न ठाउँमा विभिन्न हिसाबले प्रतिक्रियाहरू उत्पन्न गरेको छ ।’ 

    उनले कम्युनिस्ट आन्दोलन विघटनबाट देशभर र बाहिरका शुभचिन्तकहरूलाई पनि चिन्तित तुल्याएको बताए । उनले मुलुकबाट पञ्चायत, राजतन्त्र गए पनि पार्टीहरूको ढाँचा नबदलिँदा दलाल पुँजीवाद पनि कायमै रहेको बताएका छन् । 

    उनले अहिलेको आवश्यकता वामपन्थी कम्युनिस्टहरू ध्रुवीकरण जरुरी रहेको भन्दै अहिले आफूहरूले नगरे अरू कसैले भए पनि निरन्तर प्रयास गरेर ध्रुवीकृत र कम्युनिस्ट एकीकृत भइछाड्ने दाबी गरेका छन् । 

    ‘आन्दोलन ध्रुवीकृत गर्नसक्छौँ । आज जुन परिस्थिति छ यसो हेर्दा आज मात्र निस्किएको परिस्थिति होइन, धेरै अघिदेखि देखिएको अन्तर्विरोध हो’, उनले थप भने, ‘अव यो समाजले थेग्दैन भनेर समाजले बुझिसकेको तर नयाँ नबनिसकेको अवस्था पनि छ ।’

    एमाले, माओवादी वा एकीकृत समाजवादीका नक्कली सीमा भत्काउनुपर्ने र अगाडिको भविष्य छेक्न नहुने भुसालको भनाइ छ । त्यसका लागि त्यो सीमा भत्काउन अहिलेबाटै छलफल गर्नुपर्नेमा भुसालले जोड दिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १४:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij