Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कबाड व्यवसायीसँग वार्ता नै हुँदैन, अब बाँकी रहेका टहरा भत्काउँछौँ : राजु पाण्डे

कबाड व्यवसायीसँग वार्ता नै हुँदैन, अब बाँकी रहेका टहरा भत्काउँछौँ : राजु पाण्डे


  • 519
    Shares

    कबाड व्यवसायीसँग वार्ता नै हुँदैन, अब बाँकी रहेका टहरा भत्काउँछौँ : राजु पाण्डे
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता र सहमति नगर्ने बताएका छन् । महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले महानगरले थप वार्ता र सहमति नगर्ने उनको भनाइ छ ।

    महानगरको कार्यपालिका बैठकले नै कबाड व्यवसाय हटाउने निर्णय गरेको हो । अहिलेको आन्दोलनलाई सामान्यरूपमा लिएका छौँ । जति आन्दोलन गरे पनि वार्ता, सहमति हुँदैन, पाण्डेले भने ।

    महानगरले अब थप बाँकी रहेको ठाउँबाट कबाड व्यवसायीका टहरा हटाउने उनको भनाइ छ । अब बाँकी रहेका ठाउँबाट पनि कबाड व्यवसाय हटाउँछौँ । आवासीय क्षेत्रबाहेक जता गरे पनि केही भनेका छैनौँ । बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ, पाण्डेले भने ।

    गत सोमबारदेखि कबाड व्यवसायीले महानगरको कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरूले पाँचबुँदे माग राख्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताइरहेका छन् ।

    संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ । यस्तै, महानगरले गुन्डागर्दी शैलीमा आफूहरूमाथि ज्यादती गरेको र व्यवसायी घाइते भएकाले क्षतिपूर्ति दिनुपर्ने उनीहरूको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८२ बिहिवार - १३:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij