Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

‘भिजिट भिसा’ मा रास्वपाकै नेता जोडिएको विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन

‘भिजिट भिसा’ मा रास्वपाकै नेता जोडिएको विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन


  • 932
    Shares

    ‘भिजिट भिसा’ मा रास्वपाकै नेता जोडिएको विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन
    images

    काठमाडौं ।  ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको छानबिन समितिकी संयोजक डा. चन्दा कार्कीले प्रतिवेदन बुझाएकी छिन् । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई कार्कीले प्रतिवेदन बुझाएकी हुन् ।

    भिजिट भिसा मार्फत मानव तस्करी गर्ने काममा सरकारका गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लगाउँदै  रास्वपाले राजीनामा माग राखी संसद् अवरोध जारी राखेको छ ।

    तर कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनमा आफ्नो मन्तव्य राख्दै  छानबिन समितिको संयोजकको जिम्मेवारी गम्भीर उत्तरदायित्वका साथ निर्वाह गरेको जिकिर गरेकी छिन् ।

    कार्कीले भिजिट भिसाको आवरणमा देशमा भइरहेको मानव तत्करी विरुद्ध रास्वपाले सशक्त रूपमा लड्दा लड्दैको अवस्थामा उल्टै रास्वपाको छवि, संस्थागत विश्वसनीयता र उत्तरदायित्वलाई नै प्रत्यक्ष रूपमा प्रभावित गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

    ‘यही पृष्ठभूमिमा, रास्वपाको पार्टी सचिवालयले सत्य तथ्य उजागर गर्दै आवश्यक मार्ग निर्देशनका लागि यस छानबिन समिति गठन गरेको हो । समितिले आफ्नो कार्यादेश अनुसार प्रारम्भिक बैठक २०८२ असार ३ गते बसी कार्यविधि निर्माण, कार्यसम्पादनको ढाँचा र आवश्यक सहयोगी संरचना निर्धारण गरेको थियो’, मन्तव्यमा उनले भनेकी छिन् । 

    कार्यवाहक सभापति अर्याल, महामन्त्री तथा समितिका सदस्यहरूको उपस्थितिमा दोस्रो बैठक बसेर आवश्यक परामर्श प्राप्त गरिएको बताएकी छिन् ।  समितिले सात औपचारिक तथा आठ अनौपचारिक गरी १५ वटा बैठकहरू मार्फत यस प्रतिवेदनलाई सर्वसम्मत रूपमा निष्कर्ष सम्म पुऱ्याएको स्पष्ट पारेकी छिन् ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १४:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij