Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज यी १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना, कहाँ-कहाँ छ बढी खतरा ?

आज यी १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना, कहाँ-कहाँ छ बढी खतरा ?


  • 1.3K
    Shares

    आज यी १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना, कहाँ-कहाँ छ बढी खतरा ?
    images

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ९, सोमबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। 

    बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर दिउँसो बढ्ने सम्भावना छ।

    यसका अलावा आज धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

    यसैगरी आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ।

    b-1_4EpeHAYbs2.jpgb_oZtUZ73fR0.jpg

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ०९:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij