Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान

साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान


  • 2.6K
    Shares

    साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान

    काठमाडौं । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो महिनामा मात्रै ३२ नेपालीले ज्यान गुमाएका छन्।

    यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ३२ नेपालीले ज्यान गुमाएका हुन्। उनीहरू सबै रोजगारीका लागि यूएई पुगेकाहरू हुन्।

    अघिल्लो वर्ष पनि साउन महिनामा ३० नेपालीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०८१/०८२ मा ३१२ मा जना नेपालीको निधन भएको दूतावासले जनाएको छ।

    त्यस्तै आर्थिक वर्ष ०८०/८१ मा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। नेपालीको ज्यान जानुको कारण भने सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत रहेको दूतावासले जनाएको छ। गत आर्थिक वर्षमा औसतमा हरेक महिनामा २६ नेपालीले ज्यान गुमाए।

    गत साता कुवेतमा पनि विषादी मिसिएको मदिरा सेवनबाट ११ नेपालीले ज्यान गुमाएका थिए। अझै केही नेपाली अस्पतालमै उपचाररत रहेको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

    images
    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १६:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij