२०८२ भाद्र ३ गते मंगलवार
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा अरु सात जना घाइते भएका छन् ।
स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजमा सरिक रहँदा चट्याङ परेर स्थानीय दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको होे ।
चट्याङ लागेर स्थानीय १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन, राप्ति नगरपालिका–११ का ४७ वर्षीय पान बबहादुर मोक्तान घाइते भएका छन् ।
उनीहरुको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij