Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन


  • 1.9K
    Shares

    असोज १ गतेदेखि अनिवार्य   इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

    काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । 

    मंगलबार विभागले एक सूचना जारी गर्दै  प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो । 
     
    ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई  हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ’ विभागले जारी गरेको सूचनामा भनेको छ । 

    २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही अनुसार सवारी दर्ता, नामसारी, र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिइएको हो ।

    530951712_1290111722715127_1406420267146395571_n_g8T17UBv8V.jpg

    images
    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १४:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij