Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गौरमा २७ जनाको हत्या घटना: उपेन्द्र यादवसहित यी १३० जनामाथि मुद्दा चल्न सक्ने (सूचीसहित)

गौरमा २७ जनाको हत्या घटना: उपेन्द्र यादवसहित यी १३० जनामाथि मुद्दा चल्न सक्ने (सूचीसहित)


  • 757
    Shares

    गौरमा २७ जनाको हत्या घटना: उपेन्द्र यादवसहित यी १३० जनामाथि मुद्दा चल्न सक्ने (सूचीसहित)

    काठमाडौं । २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या गरिएको घटनामा तत्कालीन जनअधिकार फोरम (हाल जनता समाजवादी पार्टी, नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० विरूद्ध मुद्दा चल्न सक्ने देखिएको छ।

    राष्ट्रिय मानव अधिकार आयोग र सरकारले नै बनाएको न्यायिक जाँझबुझ आयोगको प्रतिवेदनले उपेन्द्र यादवसहित १३० जनाविरूद्ध मुद्दा चल्न सक्ने जनाएका छन्।

    मानव अधिकार आयोगले २०७९ पुस १९ मा मुद्दा चल्न सक्ने व्यक्तिहरूको सूची नै समावेश गरी सरकारलाई मुद्दा चलाउन सिफारिस गरिसकेको छ। सरकारले अनुसन्धान गरी मुद्दा चलाउन तदारूकता नदेखाएपछि त्रिभुवन शाहले सर्वोच्च अदालतमा परमादेश माग गरी रिट दायर गरेका थिए। 

    उक्त रिटमा सुनुवाइ गरी सर्वोच्च अदालतले सोमबार १९ वर्षदेखि दबाइएको उक्त घटनामा मुद्दा अघि बढाउन परमादेश जारी गरिसकेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट परमादेश जारी भएसँगै अब उक्त घटनाका आरोपीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने बाध्यता सरकारमाथि सिर्जना भएको छ।

    घटनासँग सम्बन्धित उजुरी, उजुरी संलग्न प्रमाण कागजात, मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन र नेपाल सरकारबाट गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन, २०६४ समेतको अध्ययनपछि उक्त सिफारिस गरिएको आयोगको निर्णयमा उल्लेख छ।

    साथै सर्वोच्च अदालतको सिफारिस अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने सर्वोच्च अदालतले यसअघि अर्कै मुद्दामा नजिर कायम गरिसकेको छ। त्यसैले अब मानव अधिकार आयोग सिफारिसमा सरकारको तजबिज चल्न सक्ने अवस्था छैन।

    मानव अधिकार आयोगले पाँच सदस्यीय टोली खटाई अनुसन्धान गरेको थियो। टोलीले २०६३ चैत २८ गते प्रतिवेदन पेस गरेको थियो।

    दुई पक्षबीच रहेको प्रतिशोधी भावना हिंसामा परिणत भई तत्कालीन मधेसी जनअधिकार फोरमतर्फका व्यक्तिहरूको योजनाबद्ध र नियमित आक्रमणबाट २७ जना माओवादी कार्यकर्ताहरूको क्रूर, अमानवीय तथा अपमानजनक तरिकाबाट हत्या र ११५ जना घाइते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

    जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू

    अजय गुप्ता, गौर नपा वडा नं. ९, रौतहट

    गौरी शंकर यादव, गौर नपा वडा नं. ९, रौतहट

    बाबुलाल साह कानु, गौर नपा वडा नं. २, रौतहट

    ललन सिंह, गौर नपा वडा नं. १३, रौतहट

    चन्द्रिका सिंह, सरुअठा ४, रौतहट

    बलराम सिंह कुँवर, ब्रम्हपुरी, रौतहट

    उपेन्द्र यादव, बसनाहा गाविस, सप्तरी

    राजेन्द्र यादव, ठेगाना नखुलेको

    सञ्जीव यादव, टेंग्राहा १, रौतहट

    रामकलेवर सिंह, गौर नपा ५, रौतहट

    जगन्नाथ केसरी, गौर नपा वडा नं. ९, रौतहट

    सञ्जीव यादव, मुडवलवा २, रौतहट

    शम्भु सिंह, गंगापिप्रा २, रौतहट

    रामप्रवेश सिंह, गंगापिप्रा २, रौतहट

    रुपनारायण चौधरी, हथियाही ७, रौतहट

    चुल्हाइ साह, वसन्तपुर १, रौतहट

    १देवानन् भन्ने देवनाथ भा, वसतपुर ४, रौतहट

    राम आधार साह, वसन्तपुर १, रौतहट

    शिवशंकर सिंह, ब्रम्हपुरी १, रौतहट

    जगरनाथ ठाकुर, ब्रम्हपुरी ५, रौतहट

    गणेश राय यादव, शीतलपुर, बैरगनिया, रौतहट

    विनोद सिंह, ब्रम्हपुरी १, रौतहट

    जयनन्द यादव, दक्षिण भिटकैया, बारा

    नन्द किशोर साह, सरमजुबा २, रौतहट

    कपिल देव राय यादव, धरहरी, रौतहट

    दामोदार प्रियदर्शी, सोनरीया ४, रौतहट

    बबन सिंह, ब्रम्हपुरी १, रौतहट

    भूषण सिंह, गौर नपा १३, सिसिंया, रौतहट

    रामप्रसाद लाल, ब्रम्हपुरी २, रौतहट

    जितेन्द्र सिंह, ब्रम्हपुरी १, रौतहट

    रामेश्वर राय यादव, मुडबलवा २, रौतहट

    प्रेमचन्द्र भा, रौतहट

    राम अयोध्या महतो चनउ, गौर नपा ६, रौतहट

    अवधेश चनउ, गौर ६, रौतहट

    राम निबास सिंह, हजमिनिया ८, रौतहट

    उमेश तिवारी, हजमिनिया ५, रौतहट

    अशोक सिंह, हजमिनिया १, रौतहट

    भाग्य नारायण साह, वसन्तपुर, रौतहट

    शंकर सिंह, वसन्तपुर ५, रौतहट

    मुन्ना सिंह, हजमिनिया १, रौतहट

    मंगल राउत बरई, बरियारपुर ५, रौतहट

    शेख दाउद, कनकपुर, रौतहट

    शंकर यादव, माइधिया मानपुर, रौतहट

    अरुण सिंह, गौर १३, रौतहट

    मुकुट सिंह, हजमिनिया १, रौतहट

    विश्वनाथ पट्टेल, जेठरहिया ५, रौतहट

    वीरेन्द्र राउत, जेठरहिया ९, रौतहट

    जयचन्द्र यादव, टेंग्राहा ४, रौतहट

    दिन्ना यादव, टेंग्राहा २, रौतहट

    सहन राय यादव, टेग्राहा १, रौतहट

    हरिन्द्र यादव, जयनगर ९, रौतहट

    वैद्यनाथ साह, मठिया ७, रौतहट

    ललि साह तेली, औरही १, रौतहट

    शंकर साह बनिया, औरही १, रौतहट

    वीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट

    जोद्धा साह, गौर नपा, रौतहट

    शंकर राय यादव, लक्ष्मीपुर, रौतहट

    बेराहिम अन्सारी, जयनगर, रौतहट

    श्री नारायण झा, वसन्तपुर, रौतहट

    रामबाबुप्रसाद यादव, कचारवा १, बारा

    जियालाल प्रसाद यादव, इनर्बामाल, कोइलीडिहा, बारा

    शिउनाथ पट्टेल, मकौलिया, भिटकैया, बारा

    मदन साह, गौर नपा १२, रौतहट

    अरविन्द सिंह, हजमिनिया १, रौतहट

    पवन सिंह, हजमिनिया ५, रौतहट

    भुपेन्द्र महतो, भसेढवा, रौतहट

    गौर घटना जाँचबुभक आयोगको प्रतिवेदन, २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू:

    राम सोगारत यादव, गौर ४, रौतहट

    पंकज भारती, गौर ४, रौतहट

    नरेश भारती, गौर ४, रौतहट

    दीपेन्द्र भारती, गौर ४, रौतहट

    देवी यादव, गौर ५, रौतहट

    लालकिशोर राउत, गौर ९, रौतहट

    रामदास साह, वसन्तपुर १, रौतहट

    रामेश्वर साह, वसन्तपुर १, रौतहट

    रामजी दास, वसन्तपुर १, रौतहट

    रजनिस का, वसतपुर १, रौतहट

    हरिकिशोर यादव, गौर (मालपोतमा लेखापढी गर्ने)

    लालकिशोर राउत, गौर ९, रौतहट

    गंगा सिंह, गौर ९, रौतहट

    हिन्दु राय यादब, महमदपुर, रौतहट

    नवल यादव, महमदपुर रौतहट

    ब्रज यादव, महमदपुर, रौतहट

    सञ्जीव झा, रौतहट

    रणवीर महतो, रौतहट

    भद्दा ठाकुर हजाम, ब्रम्हपुरी, रौतहट

    गगनदेव महतो, रौतहट

    सोनालाल यादव, रौतहट

    भूनरेस यादव, रौतहट

    नरेश साह तेली, रौतहट

    अर्जन मल्लिक, गौर, रौतहट

    जर्गादस मल्लिक, गौर रौतहट

    फेक, गौर गडवा, रौतहट

    मुल्तिक, गडवा, रौतहट

    रामशंकर श्रीवास्तव, ब्रम्हपुरी, रौतहट

    तेजा बैठा, हजमिनिया पतही, रौतहट

    अमर बैठा, हजमिनिया, पतही, रौतहट

    विनोद चमार, हजमिनिया, पतही, रौतहट

    मदन सिंह, वसतपुर, रौतहट

    शिव पासवान, गौर-११, रौतहट

    मसेज खाँ, गौर-१० सिसवा, रौतहट

    दीपेन्द्र साह तेली, गौर-१०, सिसवा

    छोटन सिंह, गंगापिप्रा, रौतहट

    गगन सिंह, सिर्सिया रौतहट

    अनिल सिंह, रौतहट

    अमर यादब,इनरवारी-१, रौतहट

    धनन्जय का, गौर, रौतहट

    वीरवासनी सहनी, बसन्तपटी-६, रौतहट

    किशोरी राय यादव, इनरबारी १, रौतहट

    बलरुवा अन्सारी, जयनगर, रौतहट

    रामचन्द्र गिरी, नरकटिया, रौतहट

    शम्भु साह कानु, गौर २, रौतहट

    अवधेश चनउ, टिकुलिया ६, रौतहट

    सञ्जय केशरी, टिकुलिया ६, रौतहट

    राजीनन् सिंह गौर, रौतहट

    रामकुमार शर्मा, महोत्तरी

    तेजिलाल पटेल इनरबारी ६, रौतहट

    गगनदेव बैठा, टेंग्राह ७, रौतहट

    कौशल सिंह, वसन्तपुर ४, रौतहट

    रामनिवास सिंह, हजमिनिया, रौतहट

    रामअवतार साह तेली, वसन्तपुर, रौतहट

    राजेश गुप्ता, ठेगाना नखुलेको

    हरि सिंह, ठेगाना नखुलेको

    शंकर मुखिया, ठेगाना नखुलेको

    राजेन्द्र पटेल, ठेगाना नखुलेको

    रामप्रवेश पटेल, लक्ष्मनीया ५, रौतहट

    शेख जमशैद, गौर नपा १०, रौतहट

    गुडु सिंह, ब्रम्हपुरी १, रौतहट

    विनोद सिंह, ब्रम्हपुरी १, रौतहट

    उमा राय यादव, औरइया ५, रौतहट

    विक्रम सिंह, गौर नपा १३, रौतहट

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - २०:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij