Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विपिनको शीघ्र रिहाइका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री ‌ओली

विपिनको शीघ्र रिहाइका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री ‌ओली


  • 400
    Shares

    विपिनको शीघ्र रिहाइका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री ‌ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्रोही हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबकुमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिए ।

    ‘सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीले सरकार विपिनका परिवारको साथमा रहेको भन्दै ढाडस दिएका छन् ।

    ‘इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।’

    प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्तालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १०:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij