Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मेयर थापालाई ८ वर्ष कैद र १० करोड असुल गर्ने फैसला, उपमेयरले पाए सफाई

मेयर थापालाई ८ वर्ष कैद र १० करोड असुल गर्ने फैसला, उपमेयरले पाए सफाई


  • 1.6K
    Shares

    मेयर थापालाई ८ वर्ष कैद र १० करोड असुल गर्ने फैसला, उपमेयरले पाए सफाई
    images

    सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। 

    उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो। 

    उनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने ठहर भएको छ। यस्तै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला भएको छ। प्रतिवादीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर भएको हो। 

    विशेष अदालतले यसअघि थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको थियो।  मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।

    उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाइसकेका छन्।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ०७:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij