Logo

२०८२ श्रावण २९ गते बिहिवार

२०८२ श्रावण २९ गते बिहिवार

भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने ?

भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने ?


  • 1.3K
    Shares

    भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए ।

    प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे ।

    लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के गर्‍यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।

    देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको बताए  ।

    भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने उनले बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने जिकिर गर्नुभयो ।

    भिजिट भिसामा विदेश गएपछि उतैको नागरिकता लिएर, नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर दुई दुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत विदेश जाने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए ।

    यसका पछाडि मुलुक र नागरिकको हित नभई इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे । त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको विकास र समृद्धि लगायतका क्षेत्रका भएका कामकारबाहीका बारेमा जानकारी गराए ।

    वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ । उनले बहुबिवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सही नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गरे ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १८:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij